जनकपुरधाम । नेकपा एमालेका नेता कुन्दन कुशवाहाले गणतन्त्र दिवसको अवसरमा बिहीबार रौतहटमा दीपप्रज्वलन गर्ने क्रममा बन्दुक प्रदर्शन गरेका छन् ।
रौतहटको कटहरिया बजारमा बिहीबार साँझ एमालेले गणतन्त्र दिवसको अवसरमा दीपप्रज्वलन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा नेता कुशवाहाले बन्दुक बोकेर उपस्थित भएकाे र बन्दुकमाथि तानेर हवाई फायर गर्न खोजेको भिडिओमा देखिन्छ । तर फायर नभएपछि अर्का एक जनालाई बन्दुक दिए । ती व्यक्ति बन्दुक लिएर भीडबाट बाहिर निस्केको देखिएको छ ।































प्रतिक्रिया