काठमाडौं । विश्वकप लिग टुमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड ए सँग लज्जास्पद हार ब्यहोरेको छ ।
नेपाल १०२ रनले स्तब्ध भएको हाे ।
२२१ रनको लक्ष्य पछ्याएको नेपाली टोली २९ ओभर चार बलमा सबै विकेट गुमाएर ११८ रनमा समेटियाे । नेपाली ब्याटर मैदानमा टिक्न सकेनन्। कुशल भुर्तेल ८ रनमा आउट भए। अनिल शाह शून्य र भीम सार्की २ रनमा नै पेभिलिएन फर्किए। कप्तान रोहित पौडेलले १७ रन जोड्न सके भने आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए।
स्कटल्यान्ड ए का जोन्सले तीन विकेट लिए भने डेभिडसन र डिकिन्सनको नाममा समान दुई विकेट रह्याे ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले ५८ बलमा ७२ रनको पारी खेलेका थिए। साथै ज्यामी डुकले पनि ४८ रनको योगदान गरे। ओवेनले २८ रन बनाएर भने लियम आयलरले पनि २५ रन जोडे।
नेपालका लागि सोमपाल कामीले चार विकेट लिँदा रिजन ढकालले दुई तथा गुल्सन झा र ललित राजवंशीले १–१ विकेट झारे।































प्रतिक्रिया