विद्युतीय गाडीको कर बढेन

विद्युतीय गाडीको कर बढेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले विद्युतीय गाडीको करलाई यथावत् राखेको छ ।

वातावरण संरक्षण गर्न र विद्युत्‌को व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् । यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर यथावत् राखिएकाे हाे ।

चालु आर्थिक वर्षमा ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार महशुल र ५ प्रतिशत अन्त शुल्क लाग्छ । ५० देखि १०० किलोवाटसम्मका गाडीमा २० प्रतिशत महशुल र १५ प्रतिशत अन्तशुल्क लिँदै आएका छ । १०० देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ ।

२०० देखि ३०० किलोवाटसम्मका गाडीमा ६० प्रतिशत भन्सार महशुल र ३५ प्रतिशत अन्तशुल्क रहेको छ । ३०० किलोवाटमाथिका गाडीमा ८० प्रतिशत भन्सार महशुल र ५० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको छ ।

Skip This
Skip This
Logo