कांग्रेस सांसद्वय डा. सुनिल शर्मा र डिकबहादुर लिम्बूकाे विराटनगर विमानस्थलमा भव्य स्वागत

कांग्रेस सांसद्वय डा. सुनिल शर्मा र डिकबहादुर लिम्बूकाे विराटनगर विमानस्थलमा भव्य स्वागत

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्मा र कांग्रेस मोरङ जिल्ला सभापति तथा सांसद डिकबहादुर लिम्बूलाई आज विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ।

जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि डा. शर्मा आज बिहान ८ बजे काठमाडौँबाट बिराटनगर प्रस्थान गरेका हुन्। उनको आगमनसँगै विमानस्थल परिसर कांग्रेस कार्यकर्ता, युवा नेता, महिला संघ, तरुण दल, नेपाली विद्यार्थी संघ लगायतका भातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा फूलमाला, खादा, र नाराबाजीसहित उपस्थित जनसमूहले नेताहरूको सम्मान र स्वागत गरेका थिए। समर्थकहरूको जोश, नाराहरु र अनुशासित व्यवस्थापनले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

सांसद डा. शर्मा र सांसद लिम्बू दुबै जना आगामी दिनमा मोरंग जिल्लामा विकास, संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने योजनाका साथ जिल्लामा प्रस्थान गरेका हुन् ।

कार्यक्रमपछि दुबै नेताले उपस्थित कार्यकर्ताहरूसँग अभिवादन आदानप्रदान गर्दै पार्टीको हालको अवस्था, भावी रणनीति र जनताप्रति जिम्मेवारीबारे छोटो सम्वाद पनि गरेका थिए।

Skip This
Skip This
Logo