घरमै ल्यापटप चलाएर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए -कार्यकारी निर्देशक पौडेल

घरमै ल्यापटप चलाएर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए -कार्यकारी निर्देशक पौडेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन स्वदेश भित्र्याएको बताएका छन् ।

नाफिजले गरेको पोस्ट बजेट कार्यक्रममा बाेल्दै कार्यकारी निर्देशक पौडेलले घरमै बसेर ल्यापटप चलाएर उक्त रकम नेपाल भित्र्याउन सफल भएको बताएका हुन् । डिजिटल भुक्तानीमा लगाएको कर हटाइएकोले डिजिटल अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास लिइएको उनले उल्लेख गरे ।

“बजेट केही महत्वकांक्षी हुन्छ र हुनुपर्छ । वित्तीय क्षेत्रमा केही राम्रो गर्न खोजेको देखिएको छ । आगामी ५ वर्षमा वित्तीय क्षेत्र कहाँ पुग्छ भनेर लक्ष्य लिएको छ । डिजिटल बैंकका विषयमा केन्द्रीय बैंकले सोच्ने छ भनिएको छ । डिजिटल बैंकिङका लागि केही आधारभूत पूर्वाधारको आवश्यकता रहेको,” उनले भने ।

Logo