मस्तिष्कघात भएका पूर्वसांसद आलमको अवस्था कस्तो छ ?

मस्तिष्कघात भएका पूर्वसांसद आलमको अवस्था कस्तो छ ?

केन्द्रबिन्दु
51
Shares

रौतहट । नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएको छ । उनको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

अन्नपूर्ण न्यूरो अस्पतालले आलमको अहिले स्वास्थ्य सुधारन्मुख रहेको जानकारी दिएको हो । अस्पतालले शनिबार बिहान पछिल्लो अपडेट दिँदै आलमलाई सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार आवश्यक रहेको जानकारी दिएको छ ।

उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन् । लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमलाई मस्तिष्कघात नै भएको अस्पतालले पुष्टि गरिसकेको छ । यसअघि जेष्ठ १६ का दिन बिहान करिब ७ बजे अस्पताल प्रशासनले पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

उनको शारीरिक रगत तथा एमआरआई जाँच पश्चात उनलाई मस्तिष्कघात भएकाले तुरुन्तै औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पताल आएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उल्लेख गरेको छ । राजपुर बमकाण्डको अभियोगमा आलम ५ वर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधबार रिहा भएका हुन् ।

Skip This
Skip This
Logo