इन्टर मिलानलाई हराउँदै पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

इन्टर मिलानलाई हराउँदै पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लब इतिहासमै पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि उचालेको हो । पीएसजीको जितमा डिजेर डुवेले दुई गरे भने अच्राफ हाकिमी, ख्विचा क्वारत्स्खेलिया र सेनी मायुलुले एक/एक गोल गरे।

खेलको सुरुदेखि नै पीएसजीले उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलको १२औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि, २०औं मिनेटमा डुवेले गोल गरेर पीएसजीको अग्रता दोब्बर पारे।

दोस्रो हाफमा पनि पीएसजीको दबदबा कायमै रह्यो। ६३औं मिनेटमा डुवेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को स्थितिमा पुर्याए। खेलको ७३औं मिनेटमा क्वारात्स्केलियाले गोल गरे भने खेलको अन्त्यतिर ८६औं मिनेटमा सेन्नी मायुलुले गोल गर्दै पीएसजीलाई ५-० को शानदार जित दिलाएका हुन् ।

लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको हाे । यसअघि सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। तर त्यतिबेला पिएसजी बायर्न म्युनिखसँग १-० ले स्तब्ध भएको थियो।

यता सन् २०२३ को फाइनलमा म्यानचेस्टर सिटीसँग हारेको इन्टरका लागि पीडा अझै मेटिएन ।

Skip This
Skip This
Logo