इन्टर मियामीको शानदार जित, मेस्सीको दुई गोल

इन्टर मियामीको शानदार जित, मेस्सीको दुई गोल

केन्द्रबिन्दु
57
Shares

काठमाडाैं । मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले कोलम्बसलाई ५-१ गाेलको फराकिलो अन्तरले पराजित गरेको छ।

खेलको १३औं मिनेटमा टाडेओ अलेन्डेले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए। त्यसपछि, इन्टर मियामीका कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीले १५औं र २४औं मिनेटमा दुई गोल गर्दै टोलीको अग्रता ३-० पुर्याए।

दोस्रो हाफमा, कोलम्बसका लागि सिजर रुवाल्काबाले ५८औं मिनेटमा एक गोल फर्काए। तर, इन्टर मियामीले आफ्नो आक्रामक खेल जारी राख्यो। लुइस सुआरेजले ६४औं मिनेटमा गोल गरे भने खेलको अन्त्यतिर ८९औं मिनेटमा फाफा पिकाउल्टले गोल गर्दै इन्टर मियामीलाई ५-१ को शानदार जित दिलाए।

Skip This
Skip This
Logo