काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
पटक–पटक बैंकको अध्यक्ष पदमा रहेर सोही बैंकमा संलकन भएको बचतकर्ताहरुको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेकाे आराेपमा ६५ वर्षका रायलाई रुपन्देहीको बेलहिया नाका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। हाल उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको छ ।
२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरिसकेका छन् ।































प्रतिक्रिया