आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वअन्तर्गत आज पर्वतका झण्डै एक दर्जन कोतघरमा विशेष मेला लागेको छ ।
पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा रहेको खौलाकोत, फलेवास नगरपालिकाको शङ्करपोखरीमा रहेको लिमिकोत, दक्षिण पर्वतको महाशिला गाउँपालिकाको होस्राङ्दीमा रहेको पैयुँकोत, जलजला गाउँपालिकाको माझफाँटमा रहेको कोत भगवती मन्दिर, कुश्मा नगरपालिकाकै वडा नं ३ दुर्लुङमा रहेको दुर्लुङकोत र बाँँँँच्छा, शालिग्राम, राम्जा देउराली लगायत क्षेत्रमा रहेका कोतघरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
बोका, हाँस, परेवा, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गर्नाले मनोकामना पूरा हुने विश्वासमा कोतहरुमा भक्तजन आउने गरेको लुम्राङकोट उरामपोखराका धनबहादुर थापाले जानकारी दिए ।
दशैँ मनाउन शहर बजार र विदेशमा बस्नेहरु पनि आफ्नो गाउँ फर्र्किएकाले कोतहरुमा घुइँचो लागेको शङ्करपोखरीका रमेश तिवारीले जानकारी दिए ।





























प्रतिक्रिया