प्रधानमन्त्री ओलीलाई कसले भन्यो ‘झोले’ ?

प्रधानमन्त्री ओलीलाई कसले भन्यो ‘झोले’ ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय समाजमा व्यक्तिलाई ‘भगवान’ बनाउने प्रवृत्ति हावी भएको भन्दै यसले सामूहिकतामा विश्वास राख्नेहरूलाई पाखा लगाउने काम गरिरहेको टिप्पणी गरेका छन्।

उनले हिजोआज कसैलाई ‘भगवान’ बनाउनु पर्दा सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले ‘झोले’ भनेर लखेट्ने र समाजलाई भीडमा बदल्ने गरिएको बताएका हुन्। ओलीले आफ्नो धारणा राख्दै भने, “भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ।”

सामाजिक सञ्जालमा समेत यस्ता प्रवृत्ति हावी भएको उल्लेख गर्दै ओलीले ‘झोले’ भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न आग्रह गरे। उनले सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्नेमा जोड दिएका छन्।

शनिबार काठमाडौंमा बुद्धिजिवी परिषद्को महाधिवेशनमा पनि प्रधानमन्त्री ओलीले आफू ‘झोले’ रहेको शब्द प्रयोग गरेका थिए । गुलामी र दास मनोवृत्तिका मान्छेहरूका तथाकथित निष्पक्ष र आलोचनात्मक चेतका भ्रममा नपर्न आग्रह गर्दै राम्रा कुराहरू राखिएको झोला बोकेर हिँड्नु गर्वको कुरा रहेको उनको भनाइ थियो । ‘म प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियतनामा गर्न लाज नहुने। ती झोले नहुने ? सही कुरालाई समर्थन गर्दा झोले ? मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ। जनताको हित, राष्ट्रको हित र इज्जतको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र परिवर्तनको झन्डा माथि उठाउने एउटा झोले हुँ।’ उनले भनेका थिए ।

यसरी बेला बेलामा मुलुकको प्रधानमन्त्रीभन्दा पनि नेकपा एमालेको अध्यक्षमात्र भएर दिने उनका अभिव्यक्ति आजभोलि एउटा जिम्मेवार पार्टीको अध्यक्षको हैसियतमा पनि शोभनीय नहुने टिप्पणी राजनीतिकर्मी मात्र नभएर आम जनताको पनि छ ।

Skip This
Skip This
Logo