काठमाडौं । एन्जल फर्टिलिटी क्लिनिक र ग्रान्डी सिटी अस्पतालको संयुक्त प्रयासमा पाठेघरको क्यान्सर भएकी एक महिलाले पाठेघर नहटाई सफलतापूर्वक बच्चा जन्माउन सफल भएकी छन्। यो दुर्लभ मानिने केस नेपालमा नै पहिलोपटक भएको हाे ।
महिलालाई महिनावारी गडबड हुने समस्या पहिलेदेखि नै भएकोले उनी नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन् । धेरै औषधि उपचारपछि पनि समस्या समाधान नभएपछि एन्जल फर्टिलिटी सेन्टरले उनलाई डा सुरेश कायस्थकहाँ रेफर गरेको थियो। डा. कायस्थसहित चार/पाँच जनाको टोलीले बिरामीको विस्तृत परीक्षण गरेपछि महिलाको पाठेघरमा क्यान्सर भेटिएकाे र शल्यक्रिया प्रक्रिया अगाडि बढाइएको थियो। बिरामीको दृढ इच्छाशक्ति र चिकित्सकको सहयोगले यो दुर्लभ शल्यक्रिया सम्पन्न भएको डा. कायस्थले बताए ।
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।





























प्रतिक्रिया