स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । सोमबार स्कटल्यान्डको डुन्डीमा टस जितेर कप्तान रोहितकुमार पौडेलले फिल्डिङ निर्णय लिँदै घरेलु टिमलाई ब्याटिङकाे निम्ताे दिएका हुन् ।

नेपाल र स्कटल्यान्डले हालसम्म एकअर्काविरुद्ध ८ एकदिवसीय खेल खेलेका छन्, जसमा नेपालले ४ र स्कटल्यान्डले ३ खेल जित जितेको इतिहास छ । एक खेल भने वर्षाले रद्द भएको थियो । यो तथ्यांकले नेपाललाई मनोवैज्ञानिक फाइदा दिएता पनि स्कटल्यान्डको हालको फर्म र घरेलु मैदानको फाइदा नेपाललाई चुनाैती हुनेछ ।

हाल लिग–२ मा नेपाल १२ खेल खेल्दै २ खेलमा जित, २ खेलमा बराबरी र ८ हारसहित अंक तालिकाको पुछारमा रहेको छ । यो प्रदर्शन सन् २०१९ देखि २३ सम्म चलेको सिरिजको तुलनामा निकै कमजोर हो । 

Skip This
Skip This
Logo