काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले आफ्ना सदस्यहरुलाई विभिन्न उत्पादन र सेवामा प्रिभिलेज सुविधा दिने क्रममा अटोएभ प्रा.लि.सँग पार्टनरसिप सुरु गरेको छ ।
संघले साेमबार काठमाडौंको जोरपाटी दक्षिणढोकास्थित अटोएभ प्रा.लि. सँग प्रिभिलेज सम्बन्धि सम्झौता सम्पन्न गरेको हाे । नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिवालय सदस्य यदुराज लामिछाने र एटोएभका सञ्चालक मदुसुदन सिग्देलले सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।
यस सम्झौता अन्तरगतको एसोसिएसनका नियमित शुल्क बुझाउने सबै किसिमका सदस्यहरु, संघमा सूचीकृत भएका खेलाडी तथा प्राविधिकहरुले वर्कशप सर्भिसमा २० प्रतिशत र सबै किसिमको पार्टस्मा १५ प्रतिशत छुट सुविधा पाउने छन् ।
सो सुविधा सबै किसिमका संस्थागत सदस्यहरु, संघमा आवद्ध क्लप तथा कर्पोरेटहरु समेत सो सुविधाको उपयोग र्गा सक्नेछन् । जसको लागी संघको प्रिभिलेज कार्ड अनिवार्य हुनेछ, जसको व्यवस्थापन मोटरिङ्ग नेपाल तथा टुरमाण्डु नेपालले सुरु गरेको छ ।
त्यसैगरी जोरपाटी नँया बस्तीको सेवा अटोमोवाइल समेत एसोसिएसनको मेकानिकल पार्टनरको रुपमा यस अघि देखी नै कार्यरत रहेको छ । जससँगको सहकार्यमा संघले रेसिङ्गको लागी प्रयोग गरिने कार–जिपको लागी मेकानिकल सर्पोट गरिरहेकको छ ।
सो वर्कशपमा समेत मेकानिकल सर्भिसमा २० प्रतिशत छुट प्रिभिलेज कार्ड मार्फत दिइएको छ ।































प्रतिक्रिया