गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ -सांसद योगेश भट्टराई

गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ -सांसद योगेश भट्टराई

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदमा गृहमन्त्री रमेश लेखकले बोल्न पाउनु पर्ने धारणा व्यक्त गरेका छन्।

सहकारी ठगीको आरोप लागेका तत्कालीन गृहमन्त्री रवि लामिछानेको सन्दर्भलाई पनि स्मरण गर्दै सांसद भट्टराईले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तत्कालिन गृहमन्त्री रवी लामिछानेमाथि सहकारी ठगीको आरोप सहित तत्कालिन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कुरा उठायो । रवीजीले संसदमा बोल्ने समय माग्नु भयो । कांग्रेसले बोल्न नदिने अड़ान लियो । हामीले कांग्रेसको अड़ान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौ । अन्तत: कांग्रेस अड़ानबाट पछि हट्यों । रवीजीले संसदको सोस्टमबाट आफनो बचाउ गर्नु भयो । आज साइकलको पांग्रा त्यही ठाउमा आईपुग्यो । हिजो गृहमन्त्रीलाई बोल्न नदीने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष । हाम्रो अड़ान हिजो पनि त्यही थियो, आज पनि त्यही छ । संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ ।’

Skip This
Skip This
Logo