काठमाडौं

प्रधानमन्त्रीलाई भेटेर आफ्ना माग राख्न उत्साहित भएर आएका राउटे दुखित भएर फर्किएका छन् । "/>

प्रधानमन्त्रीलाई भेट्न नपाए पछि निराश भएका राउटे रित्तो हात फर्किए

प्रधानमन्त्रीलाई भेट्न नपाए पछि निराश भएका राउटे रित्तो हात फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्रीलाई भेटेर आफ्ना माग राख्न उत्साहित भएर आएका राउटे दुखित भएर फर्किएका छन् । राउटेका ठालु हरिबहादुर शाहीले प्रधानमन्त्री केपी ओलीले भेट नदिएकोमा दुखेसो पोख्दै भने, ‘मैले जनतालाई गएर के भन्ने ? केपी ओलीले साह्रै हेलाँ गरे, दुःख लागेको छ ।’

ओली प्रधानमन्त्री भएदेखि नै भेट्न आउन कोसिस गरेका राउटे ६ महिनापछि आउँदा प्रधानमन्त्री भेट नदिएपछि निरास भएर फर्के । चार दिन राजधानीमा बस्दा पनि उनीहरूलाई प्रधानमन्त्रीले भेट दिएनन् ।

‘माधव नेताले लिन गाडी नै पठाइदिन्थे’, उनले भने, ‘ओलीले त भेट्न पनि मानेन, यी कस्ता प्रधानमन्त्री रैछन्, रैतीलाई पनि नभेट्ने ।’ ठालु हरिबहादुरले दसैंमा खसी र चामलका लागि पैसा मात्र नभई आफ्नो जातिको संरक्षणका लागि नीति बनाई माग्न आएको बताए । ‘दसैंमा पैसा माग्न आयो भनेर भेट नदिएका होलान्, तर हामी पैसा मात्रै होइन, हाम्रा जनताका लागि नीति बनाइदिनू भन्न आएका थियौं’, उनले भने, ‘हाम्रा जनताले नुहाउन, खान र जिउभरि लुगा लगाउन पाऊन् ।’ ठालु हरिबहादुरले दसैंका लागि खसी र चामल पनि नभएको बताए ।

उनले आफ्ना माग पूरा नगरिदिएकाले २५/३० ‘जनता’ लिएर तिहारपछि फेरि आउने बताए । ‘अहिले घटस्थापना र कालरात्रिको पूजा गर्नुपर्ने भएकोले मुखियाहरू पनि आएनन्’, उनले आक्रोशित हुँदै भने, ‘प्रधानमन्त्रीले हाम्रा माग पूरा गरिदिएनन् भने फेरि आउँछौ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo