राजुनाथ पाण्डेको गुनासो- ममाथि अन्याय भयो, मानवीयता पनि देखाइएन

राजुनाथ पाण्डेको गुनासो- ममाथि अन्याय भयो, मानवीयता पनि देखाइएन

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुखबाट निलम्बित भएका राजुनाथ पाण्डेले आफूमाथि अन्याय भएको बताएका छन् ।

आफ्नी आमा शनिबार ब्रेन ह्यामरेज भई शिक्षण अस्पतालमा उपचाररत रहेको अवस्थामा पनि आफू कार्यालयमै रहेको र मानवीयता नदेखाइएको पाण्डेको गुनासो छ । उनी भन्छन् ‘आमा जीवनमरणको सङ्घारमा हुनुहुन्छ, तर म अहिले पनि अफिसमै कार्यरत छु । तर म कसैलाई दोष दिन चाहन्न, गाली गर्न पनि चाहन्न । जनताको विश्वासमा काम गरेको छु भन्ने आत्मविश्वास छ।’

पाण्डेकी आमालाई शनिबार ब्रेन ह्यामरेज भएर शिक्षण अस्पतालमा उपचाररत छिन् ।

गत चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले उनलाई रोक्ने प्रयास गरेको थियो । त्यो दिनको घटनाका विषयमा गुरागाईंले जेठ यही जेठ ६ गते पाण्डेसँग स्पष्टीकरण सोधेका थिए । तर, जवाफ चित्तबुझ्दो नभएको भन्दै गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

Skip This
Skip This
Logo