काठमाडौं

दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो । "/>

दशैंमा सिसडोल ल्यान्डफिल बन्द हुने : घरमै फोहोर व्यवस्थापन गर्न महानगरको अनुरोध

दशैंमा सिसडोल ल्यान्डफिल बन्द हुने : घरमै फोहोर व्यवस्थापन गर्न महानगरको अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘यो वर्ष पाँच दिनसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुने छैन ।’ लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेर आलोचना खेप्दै आएको कामपाले फोहोर सुचारु हुन थालेपछि दशैं मनाउने वाहानामा पाँच दिन फोहोर व्यवस्थापन नगर्ने भएको हो ।

विभाग प्रमुख कुवँरले स्थानीयलाई दशैंमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीयबासीको आग्रह र कर्मचारीको बिदा व्यवस्थापन गर्न फोहोर रोक्न लागेका हौं।’ स्थानीयले दशैंमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए ।

कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न अपिल गरेको छ । ‘दशैंको समयमा कर्मचारीलाई समस्या पर्ने भएकाले घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेका छौं ।’ –विभाग प्रमुख कुँवरले बताउनुभयो । तर कामपाले केही कर्मचारीको सहयोगमा बाटोमा रहेका फोहोर संकलन गर्ने जनाएको छ ।

‘बाटोको फोहोर उठाउनेछौं, तर घरको फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेका छौं ।’ –विभागीय प्रमुख कुँवरले भन्नुभयो । उहाँका अनुसार बाटोबाट संकलन गरिएको फोहोर टेकुस्थित ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिने भएको छ ।
नेपाल समाचारपत्रबाट

Logo