काठमाडौं

घरकोठामा ताला लगाएर दसैं मनाउन उपत्यका छोड्दै हुनुहुन्छ भने एकपटक प्रहरीलाई जानकारी गराउन नबिर्सनुहोस् । "/>

दशैं मनाउन जिल्ला जाने सर्वसाधारणको घर र डेराको सुरक्षा प्रहरीले लिने

दशैं मनाउन जिल्ला जाने सर्वसाधारणको घर र डेराको सुरक्षा प्रहरीले लिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

घरकोठामा ताला लगाएर दसैं मनाउन उपत्यका छोड्दै हुनुहुन्छ भने एकपटक प्रहरीलाई जानकारी गराउन नबिर्सनुहोस् । सुरक्षाको चिन्ता छ भने नजिकैको प्रहरी इकाइमा जानकारी गराए तपाईंको घरको सुरक्षा प्रहरीले गर्नेछ । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंका लागि राजधानीबाट बाहिरिनेका घर तथा डेराको सुरक्षाका लागि भन्दै आफ्ना माताहतका निकायलाई असुरक्षित मानिएका घरको सूचना लिन निर्देशन दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले राजधानीबाट बाहिरिँदा आफ्ना घर वा डेरा असुरक्षित महसुस भए प्रहरीलाई सूचना दिन आग्रह गरे । उनले आफू माताहतका सबै इकाइमा असुरक्षित मानिएका घरको सूचना संकलन गर्न निर्देशन गरिएको बताए ।

‘राजधानीबाट बाहिरिँदा आफ्नो घर तथा डेरा असुरक्षित लाग्यो भने नजिकको प्रहरी इकाइमा खबर गर्न हामी आग्रह गर्छौं । हामीले सबै मातहतका निकायमा त्यस्ता घरको सूचना राख्न निर्देशन गरेका छौं,’ काठमाडौं परिसरका प्रमुख लामाले भने ।

परिसरले सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर र गुम्बा रहेको स्थानमा सुरक्षा जोखिम रहने भन्दै त्यस्ता क्षेत्रलाई विशेष निगरानीमा राखिएको बताएको हो ।

त्यस्तै वित्तीय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने ठाउँ र भीडभाड हुने अन्य क्षेत्र, सरकारी कार्यालय, काठमाडौं प्रवेश गर्ने नाका, होटल, गेस्टहाउस र भीआईपी आवतजावत हुने स्थानमा पनि सुरक्षा जोखिम रहने प्रहरीको आँकलन छ ।

दसैं, तिहार तथा छठका लागि भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौंको सुरक्षा कडा बनाएको हो । परिसर काठमाडौंले विभिन्न १४ शीर्षकमा चाडबाड लक्षित विशेष सुरक्षा योजनासहित ३ हजार ५३५ प्रहरी परिचालन गरिसकेको छ ।एसएसपी लामाले चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सम्भावित घटना नियन्त्रणका लागि परिसरले विशेष सुरक्षा योजना लागू गरिसकिएको जनाए ।

‘दसैं, तिहार तथा छठका लागि विशेष सुरक्षा योजना ल्याएका छौं । यस समयमा आपराधिक क्रियाकलापसहित अन्य घटना समेत हुन सक्छन् । हामीले स्रोतसाधनको अति नै प्रयोग गर्ने गरी तयारी गरेका छौं,’ परिसर प्रमुख लामाले भने । उनका अनुसार विभिन्न १४ वटा शीर्षकमा क्षेत्र वर्गीकरण गरेर प्रहरी परिचालन गरिएको छ । प्रहरी घटना स्थलमा घटना भएको पाँच मिनेट भित्रै पुग्ने उनले जानकारी दिए ।

परिसरले सुरक्षाका लागि ६० वटा पैदल गस्ती, ६१ पिकेटिङ स्थान, ३६ साइकल गस्ती टोली, ३० मोटरसाइकल गस्ती टोली, २४ गाडी गस्ती टोली, ७० वटा सूचना संकलन टोली ( सादा पोसाकमा ) अपराध महाशाखाबाहेक परिचालन गरेको छ ।
राजधानीबाट

Logo