काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा माथि कुनै जात नरहेकाे बताएका छन् ।
जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा महत्त्वपूर्ण सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानवता र समानतामा आधारित समाजको परिकल्पना गरेका हुन् । उनले आमाले ‘जात’ नभई ‘नवजात मानव’ जन्माउने र समाजले मात्रै पछि जात र थरको प्रश्न उठाउने बताएका छन्।
उनले आफ्नो सन्देशमा भनेका छन्, “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।”
उनले मानवताको सर्वोच्चतामाथि प्रकाश पार्दै भनेका छन्, “मानवताभन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ ।”





























प्रतिक्रिया