काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले बुधबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, औद्योगिकीकरण, विविधीकरण र बजारीकरण गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको समन्वय तथा सहकार्यलाई प्राथमिकता दिने गरीए नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रममा पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔं तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ । त्यस्तै, गण्डकी प्रदेशको पर्यटन विकास र प्रवद्र्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता, नसर्ने रोगको स्क्रिनिङ र उपचारको व्यवस्था, सिक्दै कमाउँदै, कमाउँदै रमाउँदै, ठूला अगुवा, आवासीय विद्यालय कार्यक्रमको प्रभावकारीता बढाउने लगायतका कार्यक्रम तय गरिएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा घुम्ती गोठ प्रणालीमा पालिने पशु चौपायाको व्यवसायीकरणका लागि चरन सुधार, पोखरी संरक्षण, प्राविधिक सेवा र खर्क सुधार जस्ता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
राष्ट्रिय फल सुन्तलाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विगतदेखि सञ्चालन हुँदै आएको नयाँ बगैंचा स्थापना पुरानो बगैंचा सुदृढीकरण र ग्रिनिङ रोगग्रस्त बोट हटाई गुणस्तरीय बिरुवा रोपण कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरिने उल्लेख्ख गरिएको छ ।
युवा एवम् विद्यार्थीलाई माटोसँग साक्षात्कार एवम् व्यवसायिक कृषि पेशामा आकर्षित गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । भूमि बैंक स्थापना गरी बाँझो रहेको जग्गाको सदुपयोग गर्ने नीति अवलम्वन गरिने जनाइएको छ ।
सहकारी क्षेत्रमा देखिएका आर्थिक अपचलन नियन्त्रण गरी नियमन प्रणालीलाई प्रभावकारी बनाउनेदेखि वचतकर्ताको रकम सुनिश्चित गरी प्रदेश सरकारको क्षेत्राधिकारभित्रका उद्देश्य मिल्ने सहकारीलाई समायोजन हुन प्रोत्साहित गर्ने र निष्क्रिय सहकारी संस्थालाई खारेज गर्ने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ ।
यस्तो छ पूर्णपाठ :-































प्रतिक्रिया