ललितपुर
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । नेकपा ललितपुरले आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पार्टी एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको भन्दै अध्यक्ष दाहालले सरकारको प्रशंसा समेत गरे । उनले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको बताए । उनले उपत्यकाको विकास निर्माणमा ढिलो भएको प्रसंग उठाउँदै काठमाडौंका सबै सडक केही महिनामा नै कालोपत्रे भइसक्ने बताए ।
अध्यक्ष दाहालले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताए । शुभकामना कार्यक्रममा आफूले जनयुद्धको बेलामा ललितपुरकै कुम्भेश्वरमा बसेर विभिन्न योजना बुनेको स्मरण गर्दै ललितपुर जिल्ला कम्प्युनिस्टहरूको उर्वर भूमि भएको बताए । अध्यक्ष दाहालले यसको अनुकरण अरू जिल्लाले समेत गर्नुपर्ने औंल्याए । नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिस्ट पार्टी सफल हुनुपर्ने धारणा राखे ।
राजधानीबाट































प्रतिक्रिया