काठमाडौं

संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिना देखि तलब पाएका छैनन् । "/>

प्रदेश १ का ११ सय कर्मचारीले तीन महिना देखि तलब पाएनन्

प्रदेश १ का ११ सय कर्मचारीले तीन महिना देखि तलब पाएनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिना देखि तलब पाएका छैनन् । उनीहरूले साउन देखिको तलब नपाएका हुन्  ।

संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए दसैँ खल्लो हुने आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए । तर प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले भने सबै कर्मचारीलाई तलब र भत्ता दिएरै पठाउने दाबी गरे ।

न्यौपानेका अनुसार अन्यत्रबाट सरुवा भई प्रदेशमा हाजिर गरिरहेका सबै कर्मचारीलाई तलब र दसैँभत्ताको रकम भुक्तानी भइसकेको छ । तर अन्य प्रदेशमा दरबन्दी भई प्रदेश १ मा खटाइएका कर्मचारीलाई भने तलब भुक्तानीमा समस्या भइरहेको उनले बताए । सचिव न्यौपानेले भने, ‘हामी उनीहरूलाई पनि तलब र दसैैँ खर्च उपलब्ध गराउन पहल गरिरहेका छौँ ।’

यद्यपी स्रोतका अनुसार तलब निकासा गर्न सक्ने अवस्था नभएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रह्लादप्रसाद सापकोटा बिदा लिएर दसैँ मनाउन हिँडिसकेका छन् । सो मन्त्रालयका एक कर्मचारीका अनुसार प्राविधिक जटिलताका कारण दसैँ अगाडि नै तलब र भत्ता निकासी गर्न सकिने अवस्था छैन । उनले भने, ‘प्रदेश सरकारसँग रकम छैन र संघीय सरकारले अहिलेसम्म तलब पठाएको छैन, यसैले दसैँ अघि भुक्तानी गर्ने अवस्था छैन ।’
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo