सदन रोकेर कांग्रेस र रास्वपाका नेताहरुबीच छलफल

सदन रोकेर कांग्रेस र रास्वपाका नेताहरुबीच छलफल

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएको छ।

बिहीबार दिउँसो संघीय संसद भवनस्थित शंकर हलमा कांग्रेस र रास्वपा नेताहरूबीच छलफल भएको हो। छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

रास्वपाले पछिल्लोसमय गृहमन्त्रीको राजीनामा माग्दै संसद चल्न दिएको छैन ।

Skip This
Skip This
Logo