काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । "/>

जब नेपाली क्रिकेट टोली फकिर्दा स्वागतको लागि कोही गएनन् (भिडियोमा)

जब नेपाली क्रिकेट टोली फकिर्दा स्वागतको लागि कोही गएनन् (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाली टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी एयरपोर्ट पुगेका थिएनन् ।

क्रिकेट समर्थकको उपस्थिति पनि शून्य जस्तै थियो । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले कमजोर टोली सम्मिलित प्रतियोगिता भए पनि आफूहरुले जोखिम लिन नचाहेकाले सिनियर ए टोली गएको बताए ।

कप्तान खड्काले प्रतियोगितामा नयाँ र जुनियर खेलाडीहरुका लागि परीक्षण भएको धारणा राखे । साथै अवको प्रतियोगितामा बलिया टोलीबिरुद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताए ।

कप्तान खड्काले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका प्रदीप ऐरीको प्रदर्शनबाट सन्तुष्ट रहेको तथा ललित राजवंशीले पनि आफूलाई प्रमाणित गरेको बताए ।

मलेसियामा भएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो । नेपालले म्यानमार, थाइल्याण्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिंगापुरबिरुद्धको खेल वर्षाका कारण रद्ध भएको थियो ।

एशिया उपक्षेत्रीय छनोट बी बाट नेपालसहित मलेसिया र सिंगापुर अर्को चरणमा पुगेका छन् । उपक्षेत्रीय छनोट ए बाट युएई, कतार र कुवेत अर्को चरणमा पुगेका छन् । अब यी ६ टोलीबीच एशिया छनोट हुनेछ ।

Skip This
Skip This
Logo