काठमाडौँ

संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज सम्मान र अभिनन्दन गरिएको छ । "/>

संस्कृतिविद् जोशीलाई अभिनन्दन

संस्कृतिविद् जोशीलाई अभिनन्दन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज सम्मान र अभिनन्दन गरिएको छ । नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी राष्ट्रिय सम्पदाको रूपमा चित्रण गर्दै तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले आज यहाँ आयोजित समारोहमा उहाँलाई अभिनन्दन गरेको हो ।

वि.सं. १९७७ मा वैशाख ३० गते जन्मनुभएका संस्कृतिविद् जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा ६ दर्शन भन्दा बढी सिर्जनात्मक र अनुसन्धानात्मक कृति प्रकाशित छन् । काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, कोशकार, समालोचक, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्धी कमाउनु भएका जोशीका लोकसाहित्य, लोकसंस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित छन् ।

वाङ्मय शताब्दी पुरुष जोशीले सङ्घका अध्यक्ष मदनकुमार शिवाकोटी, महान्यायाधिवक्ता अग्नि खरेल र प्रा डा कुमारप्रसाद कोइरालालाई सम्मान र अभिनन्दनपत्र प्रदान गर्नुभयो ।

समारोहमा वाङ्मय शताब्दी पुरुष जोशी र महान्यायाधिवक्ता खरेलले एकीकृत उपभोक्ता सङ्घको वार्षिक स्मारिक जमराको २३ औँ अङ्कको लोकार्पण गर्नुभयो । उक्त स्मारिकामा धर्म, साहित्य, वातावरण, विकास, भूगोल, कृषि, चार्डपर्व लगायतका विषयमा विद्धानका लेख रचना समावेश गरिएको छ । सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम समेत गरेको थियो ।
रासस

Skip This
Skip This
Logo