काठमाडौं

दसैँ सुरु भएसँगै राजधानीका टोलटोलमा ‘मिनिक्यासिनो’ शैलीमा जुवाखाल फस्टाएका छन् । "/>

राजधानीका टोलटोलमा मिनि क्यासिनो : जुवाखालमा कलाकारदेखि मन्त्रीसम्म !

राजधानीका टोलटोलमा मिनि क्यासिनो : जुवाखालमा कलाकारदेखि मन्त्रीसम्म !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दसैँ सुरु भएसँगै राजधानीका टोलटोलमा ‘मिनिक्यासिनो’ शैलीमा जुवाखाल फस्टाएका छन् । क्यासिनोकै शैलीमा चलाइएका जुवाखालमा दैनिक लाखौँ हारजित हुने गरेको छ । गत १९ असोजमा प्रहरीले छापा हानेको मूलपानीको जुवाखाल पनि एक मिनिक्यासिनो नै हो ।

प्रहरीले छापा मार्ने क्रममा तीन तलाबाट हामफालेर भाग्न खोज्दा दुई जुवाडेको ज्यान गएको थियो । उक्त घटनामा पक्राउ परेका २४ जनालाई थुनामा राखेर प्रहरीले कारबाही अघि बढाएको छ । पक्राउ परेका मध्ये धेरैजना पटक–पटक पक्राउ परेका पेसेवर जुवाडे भएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए ।

क्यासिनोमा नेपालीलाई प्रवेशमा कडाइपछि सुरु भएका जुवा अखडा दसैँ नजिकिएपछि फस्टाएका हुन् । त्यस्ता जुवाखालमा म्यारिज खेल धेरै हुने गर्छ । कतिपयमा कौडा चल्छ  । चाडपर्वमा यसरी संगठित रूपमा सञ्चालन हुने जुवाघरहरू निगरानीमा रहेको प्रहरीले जनाएको छ । ‘दसैँ सुरु भएपछि जुवा अखडा बढेका भन्ने सूचना आएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने, ‘सूचनाका आधारमा निगरानी गरिरहेका छौँ ।’

भक्तपुरमा हाल तीन वटा पेसेवर जुवाडे समूह प्रहरी हिरासतमा छन् । भक्तपुर परिसरका प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठका अनुसार जगाती क्षेत्रबाट दुई र बोडे क्षेत्रबाट एउटा समूह पक्राउ परेका हुन् ।

राजधानीमा गोप्य जुवाघरहरू गल्ली–गल्लीमा छन् । एकान्त स्थानका घर, अपार्टमेन्ट, रिसोर्ट तथा होटेलमा जुवा खेलाइने गरिएको छ । कतिपय स्थानमा प्रहरीको मिलेमतोमा अवैध मिनिक्यासिनो सञ्चालनमा छन् भने कतै प्रहरीले छापा हाने पनि छुटेपछि पुनः सञ्चालन हुने गरेको छ । दुई वर्ष अघि ठमेलको नेपालय होटेल तथा नक्सालको गणपति होटेलबाट ठूला जुवाडे पक्राउ परेका थिए ।

जुवाखालमा कलाकारदेखि मन्त्रीसम्म

जुवा अखडाबाट चर्चित व्यक्ति समेत पक्राउ परेका छन् । गत वर्ष महाराजगन्जको जुवाखालबाट गायक बद्री पंगेनी पक्राउ परेका थिए । यसअघि लोकगायिका सिर्जना विरही थापादेखि पूर्वमन्त्री सत्यमान लामासमेत राजधानीका यस्ता मिनिक्यासिनोबाट पक्राउ परेका छन् ।

गुन्डादेखि प्रहरीसम्मको लगानी

धेरैजसो गोप्य जुवाघर गुन्डागर्दीमा संलग्न व्यक्तिले चलाउने गरेका छन् । काभ्रेली समूहका दावा लामाले जुवा खेलाएर करोडौँ कमाएका छन् । गत वर्ष दसैँमा डिल्लीबजारको एक जुवा अखडामा उनले जुवाडे प्रदीप बोगटीलाई नै कुटपिट गरी पैसा लुटेको उजुरी प्रहरीमा पुगेको थियो ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo