मलेसियामा जारी आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा सन्दीप लामिछानेले कीर्तिमान बनाएका छन्। सिंगापुरसँग भएको आजको खेलमा ४ विकेट लिएसँगै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
सन्दीपले म्यानमारसँग भएको पहिलो खेलमा ४, मलेसियासँग भएको दोस्रो खेलमा ५, थाइल्याण्डसँग भएको तेस्रो खेलमा पनि ५, भुटानसँग भएको चौंथो खेलमा ३, चीनसँग भएको पाँचौं खेलमा पनि ३ र सिंगापुरसँग आज भएको अन्तिम खेलमा ४ विकेट लिदै विकेट संख्या २२ पुर्याएका हुन्।
यसअघि यो कीर्तिमान बसन्त रेग्मीको नाममा रहेको थियो। बसन्तले सन् २०१२ मा मलेसिया भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिदै कीर्तिमान बनाएका थिए ।































प्रतिक्रिया