नुवाकोट । त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस नुवाकोटको लब्धुमा दुर्घटनामा पर्‍यो । ३५ भन्दा बढी यात्रु बोकेको बस गणेशस्थानको छेरी खोलामा आइपुग्दा अनियन्त्रित भई १५० मिटर तल खसेको थियो । "/>

४ हृदयविदारक तस्बिरमा हेर्नुहोस्, नुवाकोट बस दुर्घटना

४ हृदयविदारक तस्बिरमा हेर्नुहोस्, नुवाकोट बस दुर्घटना

केन्द्रबिन्दु
0
Shares

नुवाकोट । त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस नुवाकोटको लब्धुमा दुर्घटनामा पर्‍यो । ३५ भन्दा बढी यात्रु बोकेको बस गणेशस्थानको छेरी खोलामा आइपुग्दा अनियन्त्रित भई १५० मिटर तल खसेको थियो । बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बसमा ३५ भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनामा परि गम्भीर घाइतेहरुलार्इ एम्बुलेन्स मार्फत काठमाडौ लगिएको छ । सामान्य घाइतेलाई जिल्ला अस्पताल लगिएको छ।

पछिल्लो पटक थोत्राबसहरू चल्दा हरेका वर्ष दशैँ र तिहारको मुखमा नुवाकोटमा यात्रुबाहक बसको दुर्घटना बढिरहेको छ ।

बसको क्षमता २८ जना यात्रु बोक्ने भएपनि बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ । क्षमताभन्दा बढी यात्रु, तीब्रगति तथा बस धेरै पुरानो भएको र कन्डिसनमा नरहेको कारण दुर्घटना भएको दुर्घटनाका यात्रुहरुले बताएका छन् ।

तस्बिरः नुवाकोट सेरोफेरो

Logo