स्कटल्याण्डमाथि लगातार दाेस्राे जितकाे खाेजीमा नेपाल

स्कटल्याण्डमाथि लगातार दाेस्राे जितकाे खाेजीमा नेपाल

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ ।

आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा हुने खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि पराजित गरेको थियो ।

१४ खेल खेलेको नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।

Skip This
Skip This
Logo