सडकमा पल्टिएको ट्रक नहटाउदा २० घण्टादेखि हजारौ यात्रु अलपत्र

सडकमा पल्टिएको ट्रक नहटाउदा २० घण्टादेखि हजारौ यात्रु अलपत्र

केन्द्रबिन्दु
0
Shares

नवलपरासीको दाउन्नेमा बीच सडकमा पल्टिएको ट्रक २० घण्टा बित्दा पनि हटाएको छैन । बिहीबार दिउँसो दाउन्नेको घिउखोला नजिकै पल्टिएको भुस बोकेको ट्रक राजमार्गबाट नहटाइँदा हजारौ यात्रुहरु अलपत्र परेका हुन् ।

ट्रक हटाउन कुनै पहल नभएकाले जाम बढ्ने क्रम जारी छ । दसैं मनाउन घर हिँडेका यात्रुहरुले खानेकुरा र पानी समेत खान नपाएको बताएका छन् । सवारी चालक र यात्रुहरुले स्थानीय प्रशासनप्रति आक्रोश पोखेका छन् ।

अहिले सवारीसाधनहरु एकतर्फीरुपमा मात्रै संचालन भैरहेका छन् ।

Skip This
Skip This
Logo