स्कटल्याण्डविरुद्ध नेपालकाे सानदार सुरुवात, करणले लिए २ विकेट

स्कटल्याण्डविरुद्ध नेपालकाे सानदार सुरुवात, करणले लिए २ विकेट

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ सुरु गरेको छ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालले दोस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको थियाे । करण केसीले ओपनर जर्ज मुन्सेलाई शून्य रनमा आउट गरे । त्यसपछि ५‍.४ ओभरमा ब्राण्डन म्याकमुलनलाई उनले नै ५ रनमै आउट गरेका थिए ।

नेपालले जारी प्रतियोगिताको यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो । साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो । प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको सातौं स्थानमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीका साथै आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

Skip This
Skip This
Logo