कप्तान रिचीको शतकमा स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

कप्तान रिचीको शतकमा स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । कप्तान रिची बेरिङ्टनको सानदार शतकमा स्कटल्याण्डले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगितामा नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । आज टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन जोडेको हो ।

कप्तान बेरिङ्टनले ११४ बलकाे सामना गर्दै ६ चौका र ४ छक्काकाे मदतमा सर्वाधिक १०२ रन जाेडे । त्यस्तै, माइकल लिस्कले ६२ बलमै १२ चौका र ३ छक्काकाे मदतमा ९६ रन जाेड्दा मार्क वाटले ९ बलमै ३ छक्का प्रहार गरेर २१ रनमा नटआउट हारे । त्यसअघि चार्ली टियरले ६५ बलमा ६८ रन हाने ।

Skip This
Skip This
Logo