यी ४ हाइड्रोपावरका संस्थापक सेयरको ‘लकइन’ अवधि असारमा समाप्त हुँदै, कुनको कित्ता कति ?

यी ४ हाइड्रोपावरका संस्थापक सेयरको ‘लकइन’ अवधि असारमा समाप्त हुँदै, कुनको कित्ता कति ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि समाप्त हुँदैछ । विन्ध्यबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल ३ करोड ८६ लाख ८६ हजार ८१३ कित्ता सेयरको लकइन अवधि असार महिनामा सकिन लागेको हो ।

विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लकइन अवधि असार २ गते समाप्त हुँदैछ ।

त्यस्तै, दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभवित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लकइन अवधि असार ७ गते सकिने भएको छ ।

हिमालयन हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको लकइन अवधि असार २७ गते सकिँदैछ ।

त्यसैगरी, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लकइन अवधि असार २९ गतेदेखि सकिने भएको छ ।

पछिल्लो समय लकइन अवधि सकिएपछि हुने चलखेललाई मध्यनजर गर्दै कम्पनीले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छन् ।

Skip This
Skip This
Logo