मोरङ । एक १३ वर्षीया बालिकामाथि मन्दिर अगाडि लगेर रातभर बलात्कार गरिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कक्षा ६ मा अध्ययनरत बालिका साथीकै सहयोगमा बलात्कृत भएकी हुन् ।
साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।
मन्दिर अगाडि लगेर रातभर बलात्कार गरिएको पिडित बालिकाले दिएको जाहेरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले जानकारी दिए ।
जन्मदिन मनाउन भन्दै साथीले मंगलबार दिउँसो ति बालिकालाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरसम्म लगेकी थिइन् । घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा खबर गरिएको थियो ।
एक्कासि भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिछिप्त अवस्थामा भेटिएकी थिइन् । र, उनले आफु बलात्कृत भएको बताएकी थिईन् । ति बालिकाको मेडिकल परीक्षण भईरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया