काठमाडौं । उच्च गोलसहितको नाटकीय भिडन्तमा बेल्जियमले विश्वकप छनोटमा राेमाञ्चक जित दर्ता गरेकाे छ । समूह ‘जे’अन्तर्गत आज बिहान भएकाे खेलमा बेल्जियमले वेल्सलाई ४-३ गाेलले पराजित गरेकाे हाे ।
बेल्जियमले राम्राे सुरुवात गरेकाे थियाे, स्टार स्ट्राइकर रोमेलु लुकाकुले १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए। युरी टिलेम्यान्सले चार मिनेटपछि नै अग्रता दोब्बर पारे भने जेरेमी डोकुले २७ औं मिनेटमा अग्रता ३-० मा पुर्याए ।
यद्यपि, वेल्सका ह्यारी विल्सनले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीबाट एक गोल फर्काए । सोर्बा थोमसले ५१ औं मिनेटमा गोल गरे, त्यसपछि ब्रेनन जोनसनले ६९ औं मिनेटमा गोल गर्दै स्कोर ३-३ को बराबरीमा ल्याए ।
खेल बराबरीतर्फ धकेलिएकाे समयमा बेल्जियमका केभिन डे ब्रुयनले ८८औं मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे ।































प्रतिक्रिया