जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !

जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिए । उनले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार उपलब्ध गराउने र उक्त रकम १६ वर्ष पुगेपछि साँवा ब्याजसहित प्राप्त हुने व्यवस्था मिलाइएको बताए । त्यसैगरी मृत्युपछि काजक्रिया र अन्तिम संस्कारका लागि रु १० हजार उपलब्ध गराउने जनाएको छ ।

नगरप्रमुख महर्जनले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने मासिक रु दुई हजार दिने व्यवस्था गरिएको जानकारी दिए । उनले आफूसहित सिङ्गो कार्यपालिका निर्वाचित भएको तीन वर्षमा तारकेश्वरभित्रका सबै घरमा धारा पुर्‍याउने काम गरिरहेको बताए ।

नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताको थालनी, आँखाका बिरामीका लागि तिलगङ्गा आँखा केन्द्र स्थापना, डायलासिस सेवाको शुभारम्भ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नगरभित्रका सडक कालोपत्रेलगायत गर्दै आएको छ ।

Skip This
Skip This
Logo