पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- कार्यकर्तासँग भेटघाट गर्न मैले एमालेसँग अनुमति लिइरहनु पर्दैन

पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- कार्यकर्तासँग भेटघाट गर्न मैले एमालेसँग अनुमति लिइरहनु पर्दैन

केन्द्रबिन्दु
60
Shares

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना नेता कार्यकर्तासँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने टिप्पणी गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा व्यक्त गरेको भनाइले विभिन्न अड्कलबाजीहरू उत्पन्न भैरहेका बेला उनकाे याे अभिव्यक्ति आएको हो ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मेरो चिनजान ठूलो छ, देशैभरि कार्यक्रममा खोज्नुहुन्छ । मैले पनि समाजसँग साक्षात्कार गर्नुपर्‍याे, नयाँ पुस्ताको कुरा बुझ्नुपर्‍याे । त्यो हिसाबले मैले कतै जाँदा एमालेको कमिटी वा कसैसँग अनुमति लिइराख्नुपर्दैन ।’

पूर्वराष्ट्रपति भण्डारीको यो भनाइले उनको राजनीतिक सक्रियतालाई जारी राख्ने संकेत गरेको छ भने एमालेभित्र नेतृत्व र भावी महाधिवेशनलाई लिएर चलिरहेको आन्तरिक बहसलाई थप चर्कने सम्भावना देखिएको छ।

Skip This
Skip This
Logo