तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा

तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा

केन्द्रबिन्दु
9
Shares

कर्णाली । कर्णाली प्रदेश सरकारले तुइनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने घोषणा गरेको हो ।

प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले एक सूचना जारी गरी यही असार १० गतेभित्र तुइनको विवरण पठाउन सम्बन्धित जिल्ला तथा पालिकाहरूलाई जानकारीसमेत गराएको छ । सूचनामा भनिएको छ, “प्रदेशका नदी खोलामा तुइन सञ्चालनमा रहेका भए विस्थापित गरी झोलुङ्गे पुल निर्माणका लागि यही असार १० गतेभित्र सम्बन्धित जिल्लाको पूर्वाधार विकास निर्देशनालय वा मन्त्रालयमा सोझै वा ईमेलमार्फत निवेदन दिनहुन सरोकारवाला सबैको जानकारीका यो सूचना प्रकाशन गरिएको छ ।”

मुख्यमन्त्री यामलाल कँडेलले पनि भौगोलिक रूपले विकट र विकासका हिसाबले पछि परेको कर्णालीका नागरिकको आवागमनलाई सहज गर्ने गरी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए । उनले नागरिकलाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी प्रदेश सरकारले काम गर्ने बताए ।

Logo