काठमाडाैं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनबाट नेता र कलाकारका छाेरीहरुले उम्मेदवारी दिएका छन् ।
कलाकार बद्री पङ्गेनीको छोरी बिहानी पङ्गेनी कीर्तिपुरमा जारी अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्य पदमा उम्मेद्धारी दिएकी छन् । उनी यसअघि पनि संगठनको केन्द्रीय सदस्य थिइन् । कानुन पढिरहेकी बिहानीले आफ्नो रूचिले विद्यार्थी संगठनबाट राजनीति आएको बताउँछिन् । उनी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती कलेजमा एलएलबी अध्ययनरत छन्।
अनेरास्ववियुका पूर्व अध्यक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकी जेठी छोरी हुन् आहिस्ता । उनले उपत्यका विशेष बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी उम्मेदवारी दिएकी छन् । त्रिवि ल क्याम्पस बीएएलएलबी आठौं सेमेस्टरमा अध्ययनरत उनी हाल त्यहाँकी स्ववियू सदस्य पनि हुन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाकी छोरी यशोदा थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । भूगोलबाट महिला कोटामा केन्द्रीय सदस्यमा उनले उम्मेदवारी दिएकी हुन् ।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्। खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसीको उम्मेदवारी परेको छ। त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुजिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ। महासचिवमा आरके रोमस, र सुनिल कँडेलले पनि उम्मेदवारी दिएका छन्।































प्रतिक्रिया