वीरगञ्ज । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना मजदुर घाइते भएका छन् । कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर पाँच भारतीय मजदुर घाइते भएका ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । "/>

जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ मजदुर घाइते

जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ मजदुर घाइते

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना मजदुर घाइते भएका छन् । कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर पाँच भारतीय मजदुर घाइते भएका ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह रहेको प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए । घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ ।

 

Skip This
Skip This
Logo