आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि मोसो प्रहार भएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले आज कार्यकक्षमै पुगेर थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारुसहितको इजलासले केही दिनअघि राजपुर बमकाण्डमा जन्मकैद तोकिएका कांग्रेसका पूर्वसांसद आलमलाई सफाइ दिएको थियो ।

Skip This
Skip This
Logo