काठमाडौं । बैंकहरुले असारमा लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार २० वाणिज्य बैंकमध्ये ६ वाणिज्य बैंकले ब्याजदर घटाएका भने १४ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउने बैंकहरू कुमारी बैंक, प्रभु बैंक, एभरेस्ट बैंक, एनएमबि बैंक र एनआईसी एसिया बैंक छन् ।
असारका लागि कुमारी बैंकले ५.९१ बाट घटाएर ५.७१ प्रतिशतमा झारेको छ । त्यसैगरी, प्रभु बैंकले ६.६१ बाट ६.१० प्रतिशत, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशत, एनएमबि बैंकले ६.६ बाट ६ प्रतिशत र एनआईसी एसिया बैंकले ६.६ बाट ६.५५ प्रतिशतमा झारेका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्राइम, नेपाल एसबीआई, नेपाल बैंक, सिजिटन्स, स्ट्यान्डर्ड चार्टर्ड, नबिल , सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, माछापुच्छ्रे लगायत बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंकले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत र सिद्धार्थ बैंकले ५.७५ प्रतिशत कायम गरेका छन् ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत ब्याज तोकेका छन् । यी बैंकहरूले असारका लागि पनि जेठ महिनाकै ब्याजदर निर्धारण गरेका हुन्।
राष्ट्रियस्तरका विकास बैंकहरुमा एक बैंकले ब्याजदर बढाउँदा एकले भने बढाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मीले ६ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको छ।
यस्तै, राष्ट्रियस्तरका ६ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सुचनाअनुसार कामना सेवा, ज्योति, गरिमा, लुम्बिनी, मुक्तिनाथ र गरिमाले जेठकै व्यक्तिगत मुद्दति निक्षेप अधिकतम ब्याजदर ६.५० प्रतिशतलाई असारमा निरन्तरता दिएका हुन्।































प्रतिक्रिया