काठमाडौं । संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ ।
गत जेठ १३ गतेदेखि संसद अवरोध हुँदै आएको छ। लामो समयदेखि संसद बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू र सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलसमेत प्रभावित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारसँग २ बुँदे सहमति गरेपनि गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । शुक्रबार गृहमन्त्रीले जवाफ पनि दिइसकेका छन् । तर, रास्वपाले रोष्टम नै घेराउ गरेको थियो ।































प्रतिक्रिया