सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग थाले छलफल

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग थाले छलफल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख राजनीतिक दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक सुरु भएको छ ।

संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रयास स्वरुप सिंहदरबारमा बैठक जारी रहेको हो ।

बैठकमा सभामुख घिमिरेसहित नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारसँग २ बुँदे सहमति गरेपनि गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । शुक्रबार गृहमन्त्रीले जवाफ पनि दिइसकेका छन् । तर, रास्वपाले रोष्टम नै घेराउ गरेको थियो ।

Logo