काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा रोष्टम घेराउ गर्दै नाराबाजी गरिरहेको रास्वपामाथि कटाक्ष गरेका छन् ।
आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले भने, ‘पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ?’
उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैबाट सुरु गर्नुपर्ने धारणा राखे।





























प्रतिक्रिया