राप्रपा सांसद धवल शमशेर राणालाई धरौटीमा छाड्न आदेश

राप्रपा सांसद धवल शमशेर राणालाई धरौटीमा छाड्न आदेश

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवल शमशेर राणालाई अदालतले धरौटीमा छाड्न आदेश दिएकाे छ ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । यसअघि फरार सूचीमा रहेका उनी आजै अदालत उपस्थित भएका थिए ।

२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी गरिएको थियो । तर, हाजिर जमानीमा रिहा भएपछि उनी अदालतमा बयानका लागि उपस्थित भएका थिएनन् ।

Skip This
Skip This
Logo