गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ ।

ग्लोकल टीन हिरो, ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो।जुन केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा/किशोरकिशोरीहरूलाई उचित मूल्यांकन गर्दै नया पुस्ता माझ आभारी पुर्वक पहिचान दिलाउछ। ग्लोकल प्रा.लि. प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो। यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।

पृष्ठभूमि र विस्तारः ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौँ उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो। सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोरकिशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् । यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो।

नेपालको शुद्द धरातल बाट सुरुवात हुदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोरकिशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ। नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औं वर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।

आवेदन कसले दिने ?

ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन् । यदि तपाईंले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहनुभएको छ, शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहनुभएको छ, वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय हुनुहुन्छ भने सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।

आवेदन प्रक्रिया र समय सीमाः यस वर्ष ग्लोकल टीन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ। यो पूर्णतःनिशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले अनलाइन आवेदन दिन सक्नेछन् । साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ ।

आवेदन आजबाट खुल्ला गरिएको छ र आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ। दुवै सहभागिता र मनोनयन आवेदन अनलाइन उपलब्ध छन् ।

यस छनोट प्रक्रियामा सहभागीहरूको पहल, प्रभाव र उपलब्धिलाई गहन रूपमा मूल्याङ्कन गरिनेछ । तत्पश्चात्, शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन् जसले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन्। उनीहरूको दूरदृष्टि, आचरण र कार्यको दिगोपनका आधारमा अन्तिम मूल्याङ्कन गरिनेछ ।

विशिष्ट निर्णायक मण्डलः ग्लोकल टीन हिरो नेपाल २०२५ को ग्रान्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वहरूको एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टहरूको अन्तर्वार्ता र मूल्याङ्कन गर्नेछ ।

यस वर्ष जूरीमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा.घन श्याम.गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, सुरज वैद्य, अध्यक्ष वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन् । उनीहरूको नेतृत्व, विश्वव्यापी दृष्टिकोण र युवा सशक्तिकरणप्रतिको अटुट प्रतिबद्धताले नेपाल र विश्वका भविष्यका उज्ज्वल प्रतिभाहरूलाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

Skip This
Skip This
Logo