बाढीपहिरोले देशका यी मुख्य राजमार्गहरूमा अवरोध, यात्रुहरूलाई सावधानी अपनाउन आग्रह

बाढीपहिरोले देशका यी मुख्य राजमार्गहरूमा अवरोध, यात्रुहरूलाई सावधानी अपनाउन आग्रह

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । देशका विभिन्न भागमा भारी वर्षाका कारण आएकाे बाढीपहिरोले केही प्रमुख राजमार्गहरूमा अझै पनि अवरोध रहेको नेपाल प्रहरीले जनाएकाे छ । यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे पूर्ण जानकारी लिन र विशेष सावधानी अपनाउन आग्रह पनि गरिएकाे छ ।

काठमाडौं उपत्यका:

ललितपुर: बागमती गाउँपालिका वडा नं. ०३ छपेलीस्थित कान्तिलोक पथ सडक पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध छ।

कोशी प्रदेश

धनकुटा: साँगुरीगढी नगरपालिका वडा नं. ५, रवि डाँडा भेडेटार सडक पहिरोका कारण एकतर्फी रूपमा सञ्चालन मा रहेको छ।

बागमती प्रदेश

सिन्धुपाल्चोक: भोटेकोशी गाउँपालिकाका वडा नं. २ कोदारी, वडा नं. ३ लाचोक र वडा नं. २ कोपलाङमा अरनिको राजमार्ग पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकी प्रदेश

नवलपरासी (बर्दघाट सुस्ता पूर्व): बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ५, बिनयी पाल्पा खोला नजिक पूर्व-पश्चिम राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।

लुम्बिनी प्रदेश

गुल्मी: कालिगण्डकी गाउँपालिका वडा नं. ६, बर्लेवास्थित कालिगण्डकी करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

कर्णाली प्रदेश

जुम्ला: सिन्जा गाउँपालिका वडा नं. २, लुलेगाउँस्थित जुम्ला मुगु सडक खण्ड पहिरोले गर्दा एकतर्फी रूपमा सञ्चालन मा छ।

Skip This
Skip This
Logo