संसद्‌मा रास्वपा भर्सेस् कांग्रेसः ‘भोलि कोही माननीय हाफ प्यान्ट मात्रै लगाएर आए के गर्ने ?’

संसद्‌मा रास्वपा भर्सेस् कांग्रेसः ‘भोलि कोही माननीय हाफ प्यान्ट मात्रै लगाएर आए के गर्ने ?’

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगन भएको छ ।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका छन् । ‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।

प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिइन् । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन होस्”, उनले सदनको अवरोध अन्त्य गर्ने सूत्र सुनाउँदै भनिन‍् ।

त्यसलगत्तै सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिए तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ‘वेल’ घेराउ गर्न पुगे । सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाए ।

“भोलि कोही माननीय हाफ प्यान्ट मात्रै लगाएर आउनुहोला । कोही जथाभावी ड्रेस लगाएर आउनुहोला त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उनले भने ।

Skip This
Skip This
Logo